‘एमालेलाई कसैको बैसाखी पर्दैन, हामी एक्लै लड्न सक्छौ’ : अध्यक्ष ओली

काठमाडौँ, १ चैत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी स्थानीय निर्वाचनमा एमाले एक्लैले ७० प्रतिशत स्थानीय तहमा विजय हासिल गर्ने बताएका छन् ।

मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने होइन । हामी एक्लै लड्न सक्छौ’, अ‍ोलीले भने, ‘हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button