एमाले काठमाडौं अधिवेशन: नेतृत्व चयन सर्वसहमतिबाटै हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौंको नेतृत्व सर्वसहमतिमै चयन हुने भएको छ ।

जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा एमाले जिल्ला कमिटी काठमाडौंले विहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कृष्ण राईले नेतृत्व चयन सर्वसहमति मै हुने बताए ।

पत्रकारमाझ अध्यक्ष राईले भने, ‘ जिल्ला र प्रदेश गरेर अब दुई वटा अधिवेशन बाँकी छ । जिल्ला भन्दा एक तहमाथि प्रदेश कमिटीमा रहने साथीहरुको भरखरै बसेको बैठकले समेत सर्वसहमतिकै निर्णय गरेको छ, केन्द्रीय कमिटीले भनेकै जसरी ।’

सर्वसहमति भनेर फेरि पार्टी कार्यकर्तालाई लोकतान्त्रिक प्रक्रियाबाट बञ्चित गर्ने मनसाय पटक्कै होइन, अध्यक्ष राईले अगाडि भने, ‘सर्वसहमति भन्नेवित्तिकै निरङ्कुशता लाद्ने परिवेशको कुरा होइन । सहमतिमा नेतृत्व छन्दा पार्टीमा खर्चिएको समय, योग्यता, क्रियासिलता र क्षमता सबैलाई विशेष ध्यान दिइने छ ।’

अन्य पार्टीबाट आएका साथीहरुलाई एकता प्रक्रियामा सहभागी गराउनु पर्ने र आजीवन एमालेमै बिताउने कार्यकर्ताको भावनालाई पनि समेट्नु पर्ने भएका कारण सर्वसहमतिमा जोड दिइएको समेत अध्यक्ष राईले प्रष्ट्याए ।

अधिवेशन उद्घाटन ओलीले गर्ने

एमाले काठमाडौंको छैठौं जिल्ला अधिवेशन (२३ गते)शुक्रबार हुँदैछ । कागेश्वरी मनोहरा नगरपालिका –६ मा रहेको मुलपानी क्रिकेट मैदानमा जिल्ला अधिवेशनको उद्घाटन पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । जिल्ला अधिवेशनको तयारी पूरा भएको जिल्ला कमिटी सचिव दिपक निरौलाले जानकारी दिए ।

उनका अनुसार उद्घाटन समारोहमा एक लाख बढी सर्वसाधारणलाई सहभागी गराउने अभियान नै छ । बन्दसत्र भने (२४ गते)शनिवार राष्ट्रिय सभा गृहमा हुने सचिव निरौलाले बताए । काठमाडौंमा मात्रै एमालेमा २८ हजार पार्टी सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button