एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। तुल्सीलाल प्रतिष्ठान भवन च्यासलमा अपरान्ह ३ बजे बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

सोमबार पनि एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो । उक्त बैठकले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना सांसदलाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

कांग्रेसबाट प्रधानमन्त्री बनेका देउवालाई पार्टीको नीतिविपरीत विश्वासको मत दिएकाले ती सांसद्लाई कारबाही गर्ने तयारीस्वरूप एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button