एमाले स्थायी कमिटी बैठकका चार निर्णय (प्रेस वक्तव्यसहित)
आज बिहान बालुवाटारमा बसेको बैठकले नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कार्बाही फुकुवा गर्ने निर्णय गरेको छ ।
यस्तै केन्द्रीय सदस्य एवं वागमती प्रदेशसभा सदस्य कमरेड पशुपति चौलागाईको कोभिड संक्रमणका कारण भएको निधनप्रति श्रद्धाञ्जली पनि आजको बैठकले व्यक्त गरेको छ ।
आजको बैठले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ । बैठकमा अध्यक्ष ओलीले कोरोना महामारीको पछिल्लो जटिल अवस्था र यसको सामना गर्न सरकारले चालिरहेका कदमहरूका सन्दर्भमा बैठकलाई जानकारी गराएका थिए ।
