एसईई विद्यार्थीका लागि एनसेलको अफरः यो वर्ष पनि ‘पहिलो सिम’ दिइने, मूल्य १ रुपैयाँ

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र १ रुपैयाँमामा प्रिपेड सिमको खरिद गर्न सक्नेछन् भने निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा लिन सक्छन् ।
विगत चार वर्षदेखि हरेक वर्ष एनसेल आजियाटाले यो अफर एसईई विद्यार्थीका लागि प्रदान गर्दै आएको छ । यो योजना बिहीबार (भदौ १८) देखि लागु भएको छ र ९० दिनको लागि मान्य रहने छ ।