‘एसपिपीबारे संसद्ले सरकारलाई दिएको निर्देशन कार्यान्वयन नहुनु आपत्तिजनक’

काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले एसपीपीका सन्दर्भमा संसद्ले सरकारलाई दिएको निर्देशन पालना नगरेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले एसपीपी कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकी सरकारलाई नपठाएको जानकारी सदनलाई गराउन निर्देशन दिएको ५ दिन पुग्दा पनि सरकारले कुनै जानकारी नगराएको भन्दै आपत्ति जनाएका हुन् ।
एसपीपीबारे संसद् र संसदीय समितिको निर्देशनलाई सरकारले सुनेपनि नसुनेझैँ गरेको उनको भनाई छ । उनले सदनको निर्देशन नमान्ने सरकार देशमा छ कि अन्त कतै छ भन्दै प्रश्न गर्नुभयो ।
त्यस्तै उनले भारतले सेनाका लागि ल्याएको नयाँ योजना अग्नि पथ योजनामा गोर्खा सैनिक भर्ती गर्न नहुने र सरकारले यस विषयमा गम्भीरता देखाउनुपर्ने बताए ।