ओलीको ठाडो आदेशमा रामकुमारीलाई पक्राउ गरियो– प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृ रामकुमार झाँक्रीको पक्राउलाई लोकतन्त्रमाथिको हमलाको संज्ञा दिएका छन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरिएको पनि बताएका छन् ।

बिहीबार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा प्रचण्डले प्रखर रुपमा बोलेको भनेर रामकुमारीलाई पक्राउ गरिएको पनि बताए । ‘रामकुमारीले लोकतन्त्र प्रति प्रखर रुपमा बोल्नुभयो भनेर पक्राउ गरियो । यो लोकतन्त्र माथिको आक्रमण हो,’ प्रचण्डले भने ।

आफूहरुले रामकुमारीलाई पक्राउ नगर्न आग्रह गर्दा पनि प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरिएको प्रचण्डले बताए । यसबारेमा आफूले निर्णय गर्ने पनि उनले जानकारी दिए ।

प्रहरीले बिहीबार बिहान नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ झाँक्रीलाई काठमाडौंको शंखमुलस्थित निवासबाटै पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको प्रकरणमा प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसूर गरेको भनेर पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button