ओलीले आफू आधिकारिक भएको निर्वाचन आयोगलाई पत्र लेख्दै दिए ८ प्रमाण (पत्रसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगले लेखेको पत्रको जवाफ फर्काएका छन् ।

बुधबार आयोगलाई पत्र लेख्दै ओलीले आफू आधिकारिक भएको पुष्टि गर्ने ८ वटा कागजातहरु पनि बुझाएका छन् ।

ओलीले पहिलो अध्यक्ष र पदाधिकारीको हैसियतमा आफूले पठाएको दस्तावेजहरु अभिलेखिकरण हुने र अन्य कोहीकसैले पठाएको सामग्री अभिलेखिकरण नगर्नसमेत आयोगलाई आग्रह गरेका छन् ।

ओली ११ पेजको पत्रमार्फत आयोगलाई पार्टी नफुटेको तथा पार्टीको पहिलो अध्यक्ष र पदाधिकारी आफूनै रहेको पनि स्पष्ट पारेका छन् । त्यसकारण पुष्पकमल दाहाल र माधव कुमार नेपालको पत्रको औचित्य नभएको ओलीको जिकीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button