ओलीले प्रदीप ज्ञवालीलाई तोके पार्टी प्रवक्ता, थपिएका ५५६ केन्द्रीय सदस्यद्वारा शपथ ग्रहण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको प्रवक्ता फेरेका छन् ।

मंगलबार बिहान आफ्नो सरकारी निवासमा आफू पक्षीय केन्द्रीय सदस्यहरु भेला (बैठक) बोलाएका ओलीले प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता तोकेका हुन् ।

नेकपाको आन्तरिक विवादमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एवम् वरिष्ठ नेता माधव कुमार नेपाल स्पष्ट कित्ताकाटमा बाँडिएका छन् ।

पार्टी भित्र जारी विवादका बीच प्रधानमन्त्री ओलीले आइतबार संसद विघटन गरेपछि नेकपा स्पष्ट रुपमा २ खेमामा बाँडिएको हो ।

ओलीले मंगलबार बोलाएको भेलामार्फत १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् ।

नेकपामा अहिले ४ सय ४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५ सय ५६ जना थप गर्ने र बाँकी १ सय १७ जना थप गर्न सकिने गरी ओलीले केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।

महाधिवेशन कमिटीमा थपिएका ५ सय ५६ जना सदस्यलाई ओलीले मंगलबार नै शपथ ग्रहण पनि गराइसकेका छन् ।

यता, प्रचण्ड–माधव पक्षको छुट्टै केन्द्रीय कमिटी बैठक काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा शुरु हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button