ओली आफ्नो कुबाटोमा दृढ रहेकोले उनीसँग सती नजान डा. बाबुरामको सल्लाह

सत्तारुढ नेकपा फुटको संघारमा पुगेको बेला समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपाका नेता कार्यकर्तालाई ओलीसँग सती नजान आग्रह गरेका छन्।
सोमबार बिहान सामाजिक सञ्चालनमार्फत् नेता भट्टराईले ओली आफ्नो कुबाटोमा दृढ रहेको भन्दै अरुले उनको सति जाने कि बेलैमा विद्रोह गर्ने भनेर प्रश्न समेत गरेका छन्।
‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/नेतृत्वले रंग फेरिसकेपछि पनि बॉकी नेता/कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो,’ नेता भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको? ओली आफ्नो कुबाटोमा दृढ छन्। अरू उनको सती जाने कि बेलैमा नयॉ समाजवादी बाटो बनाउने?’