ओली सरकारले ल्याएको नागरिकता अध्यादेशविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ  सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर ल्याएको नागरिकता अध्यादेशविरुद्ध दायर रिट खारेज गर्ने फैसला सुनाएको छ ।

बुधबार बसेको कामु प्रधानन्यायाधीश दिपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले उक्त रिट खारेज गर्ने फैसला गरेको हो ।

अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसहित ३ छुट्टाछुट्टै रिट परेको थियो । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको थियो ।

तत्कालीन ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा नागरिकता अध्यादेश ल्याएको थियो त्यसमा सुनुवाइ गर्दै २७ जेठमा संवैधानिक इजलासले उक्त अध्यादेश कार्यान्वयन नगर्नु भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button