कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धिको परीक्षाफल प्रकाशित

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धितर्फ परीक्षाफल प्रकाशित गरेको छ ।

बिहीबार बोर्डले गत असोज ११ देखि १८ गतेसम्म सञ्चालन गरेको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो ।

बोर्डका अनुसार परीक्षामा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ जना गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए ।

परीक्षामा सहभागी मध्ये २ हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button