कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू हुने, सर्वोच्चले खारेज गर्‍यो रिट

काठमाडौं । कक्षा ११ र १२मा नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

मंगलबार सर्वोच्चले नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै दायर भएका निवेदन खारेज गर्ने फैसला सुनाएको हो ।

सर्वोच्चले केही विषयमा निर्देशनात्मक आदेशसमेत जारी गरेको छ ।

निवेदन खारेज भएसँगै कक्षा ११ मा यसै वर्षदेखि नयाँ पाठ्यक्रम लागू हुने भएको छ ।

कक्षा ११ र १२ पाठ्यक्रम २०७६ सालमा जारी गरेको विद्यालयको शिक्षाको राष्ट्रिय पाठ्क्रम प्रारुप लागू हुने भएको थियो । त्यसविरुद्ध भगवता अर्यालसमेतले २००७ असोज २८ मा रिट दर्ता गरेका थिए । सर्वोच्चले अन्तरिम आदेशसमेत जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button