कक्षा १२ को नतिजा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गरेको छ । बिहान ९ बजे बोर्डको बैठक बसेर नतिजा प्रकाशित गरेको सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’, ४८ हजार २३९ परीक्षार्थीले ‘ए’, ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’, ७५ हजार ८८ परीक्षार्थीले ‘सी प्लस’, २४ हजार ५१५ परीक्षार्थीले ‘सी’, तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’, २९६ परीक्षार्थीले ‘डी’ र १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् ।

नतिजा एक घन्टापछि https://neb.ntc.net.np/ मा हेर्न सकिने छ । त्यस्तै एनइबी लेखेर एक स्पेस दिइ सिम्बोल नम्बर लेखेर १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यस्तै, आइभिआर १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरी लिइएको परीक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button