कञ्चनपुरको महाकाली अस्पतालका १३ जना कर्मचारीमा कोरोना पुष्टि

महेन्द्रनगर । कञ्चनपुरको महाकाली अस्पतालका १३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलवार गरिएको परिक्षणमा ५ जना प्रशासनमा कार्यरत कर्मचारी, ४ जना अप्तालमा कार्यरत स्टाफ नर्स, र ४ जना कार्यालय सहयोगीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

पछिल्लो समय संक्रमितको संख्या कञ्चनपुरमा दिनानुदिन बढदैै गएको अवस्थामा अस्पतालमा काम गर्ने चिकित्सक तथा प्रशासन फाँटका केही कर्मचारीमा कोरोना पुष्टि भएको अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी बोक्सरले जानकारी दिएका छन् ।

अहिले ५ जनालाई आईसोलेसनमा र बाँकीलाई होम आईसोलेसनमा बस्ने गरि पठाईएको अध्यक्ष जोशीले बताए ।

अहिले पनि महाकाली अस्पतालको आईसोलेसनमा ३७ जना कोभिडका बिरामीहरुको उपचार भई रहको भएपनि यस्तै अवस्थाको सिर्जना भए उपचारमा चिकित्सकको पनि अभाव हुने आशंका रहेको उनले बताए ।

बिहिवार देखी अस्पतालमा ६ वटा आईसियु बेड तथा ४ वटा भेन्टिलेटर बेड थप गरि अस्पतालले सेवा दिईने जनाएको छ ।

अस्पतालका मेडिकल अफिसर डा. गोविन्द रोकायाले अत्यावस्यक काम बाहेक बाहिर जिाने हिँडडुल गर्ने काम बन्द गर्नु पर्ने तथा सामाजिक दुरी मास्कको उचित प्रयोग तथा स्यानिटाईजरको प्रयोगमा ध्यान दिनु पर्ने औलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button