कञ्चनपुरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैशाख १० गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका छन्।
नगरपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत पुुस्करप्रशाद भट्टले जारी गरेको सूचनामा बैशाख ७ गते जाँच गर्दा केही कर्मचारीमा कोरोना पोजिटिभ देखिएको, अन्य कर्मचारीको जाँच गर्नु पर्ने र कार्यालय प्राङ्गगण निर्मलीकरण गर्नु पर्ने भएकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको बताए ।
वडा कार्यालयको सेवा प्रवाह भने वडाको जोखिम अवस्था अनुसार सम्बन्धित वडाले निर्णय गर्ने सूचनामा उल्लेख गरिएको छ ।