कञ्चनपुरमा राजावादीले आज गर्दैछन् प्रदर्शन

धनगढी । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा शनिबार राजावादी समर्थकहरूले मोटरसाईकल र्याली गर्ने भएका छन् ।
शुक्रबार सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजले कञ्चनपुरको बेलौरीमा पत्रकार सम्मेलन गरी मोटरसाईकल र्याली गर्ने बताएको हो ।
र्याली बेलौरीदेखि सुरु भई पुनर्वास जाने, त्यहाँबाट पुनः बेलौरी हुँदै बेलडाँडी र बेलडाँडीबाट खैरिघाट हुँदै पुनः बेलौरीमा पुगेर कोण सभा गरी समापन गरिने बताइएको छ ।
राजावादी समर्थकहरूले राजसंस्था पुर्नस्थापना र हिन्दु धर्मको माग अघि सारेर देशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् ।