कञ्चनपुरमा वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा मृत फेला

वलदेवसिहं नायक, सूदुरपश्चिम प्रदेश व्यूरो । कञ्चनपुरमा शुक्रवार एक जना जनप्रतिनिधिको झुण्डिएको अवस्थामा शव भेटिएको छ ।
बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकायाको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले बताए ।
वडाध्यक्ष रोकायाको शव घर नजिकैको मन्दिर छेउको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल मृतक वडाधयक्षको घरबाट एक किलोमिटरको दुरीमा छ ।
अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी थापाको प्रहरी टोली घटनास्थलतर्फ हिडेको छ ।