कमल थापा भन्छन्ः पार्टी फुटाएको होइन, पार्टी फुटाए बलियो भइँदैन

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूूले पार्टी नफुटाएको जिकिर गरेका छन्। शनिबार राजधानी काठमाडौंमा आयोजित पार्टी अध्यक्ष घोषणा कार्यक्रममा थापाले यस्तो बताए।

‘मैले यही मञ्चबाट राप्रपालाई फुटाउनुहुन्नँ भन्ने कसम खाएको थिएँ। गीता हामी सनातन धर्मावलम्वीको महान ग्रन्थ हो। पवीत्र ग्रन्थ हो। त्यसलाई छोएर मैले राप्रपा नफुटाउने कसम खाएको थिएँ। मैले राप्रपा फुटाइनँ। बरु अलग भएँ। मलाई साथीहरुले विश्रामको अनुमति दिनुभएन’ उनले भने,‘कतिपय केन्द्रीय सदस्यहरुले विधान र कानून बमोजिम ४० प्रतिशत पुर्‍याएर पार्टी फुटाऊ भन्ने सल्लाह पनि दिनुभयो। तर, मैले पार्टी फुटाउन चाहिनँ। पार्टी फुटाएर बलियो पार्टी बन्छ भन्ने मान्यतामा म विश्वास राख्दिनँ।’

थापा धनकुटाका नेता लाक्पा तामाङको अध्यक्षतामा गठन भएको राप्रपा नेपालको अध्यक्ष बनेका हुन्। थापा आफैंले भने हेटौंडा पुगेर पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button