कर्णालीको विवाद मिलाउन ओलीसमक्ष प्रचण्डको नयाँ प्रस्ताव

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उत्पन्न विवाद समाधानको लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्का अध्यक्ष केपी शर्मा ओलीसमक्ष नयाँ प्रस्ताव अगाडि सारेका छन् ।

मंगलबार बिहान भएको छलफलका क्रममा प्रचण्डले प्रधानमन्त्री समेत रहेका ओलीलाई कर्णालीको विवाद मिलाउने जिम्मा त्यहिँको प्रदेश कमिटीलाई दिने प्रस्ताव गरेका हुन् । तर, ओलीले भने प्रचण्डको प्रस्तावप्रति कुनै प्रतिक्रिया जनाइसकेका छैनन् ।

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध सत्तारुढ दल नेकपाकै १८ जना सांसदले असोज २६ गते पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि उत्पन्न विवाद अझै मिल्न सकेको छैन।

विवाद समाधानका सन्दर्भमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डले अग्रसरता लिए पनि दुवै नेताबीच समेत सहमित हुन सकेको छैन ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि सोसम्बन्धमा छलफल गर्न अध्यक्षद्वयले कर्णालीका पदाधिकारीहरुलाई काठमाडौं बोलाएका थिए । उनीहरुसँग दुई अध्यक्षले छुटछुट्टै छलफल गरेका थिए । कर्णालीका नेताहरुसँगको छलफल पछि दुवै अध्यक्षले छलफल गरेर संयुक्त रुपमा निर्देशन दिने भनिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button