काँग्रेस नेता सुवासद्वारा सुनकोशी क्याम्पसका दश जना बिद्यार्थीलाई एक बर्ष छात्रवृति प्रदान

रातोपाटीन्युज, सिन्धुपाल्चोक । नेपाली काँग्रेस बलेफी गाउँपालिका–८ का सभापति सुवास तिमल्सिनाले सुनकोशी क्याम्पसमा अध्ययनरत् १० जना बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृति दिने बताउनु भएको छ ।
बुधबार नेपाल बिद्यार्थी संघ सुनकोशी क्याम्पस इकाई समितिद्वारा आयोजित खेलकुद सप्ताह समापन कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस युवा नेता तिमल्सिनाले सुनकोशी क्याम्पसमा अध्ययनरत् जेहेन्दार, गरीब १० जना बिद्यार्थीलाई एक बर्ष सम्म लाग्ने शुल्क छात्रवृत्तिको रुपमा दिने बचनबद्धता गर्नु भएको छ । उहाँले उक्त क्याम्पसका लागि ब्याडमिन्टन कोर्ट बनाउन आर्थिक सहयोग गर्नु भएको थियो ।
साथै नेपाली काँग्रेस बागमती प्रदेश प्रतिनिधि उमेश प्रधानले पनि उक्त क्याम्पसमा अध्ययनरत् बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति दिने बताउनु भएको छ ।
छात्रवृत्तिका लागि सो क्याम्पसको नेबिसंघ मार्फत निवेदन दिन काँग्रेस युवा नेता प्रधानले आग्रह गर्नु भएको छ । उक्त कार्यक्रममा समाजसेवी समेत रहेका तिमल्सिना, प्रधान र नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि युधिर पौडेलले सो क्याम्पसको आजीवन सदस्य बन्ने घोषणा गर्नु भएको छ ।
समाजसेवी तिमल्सिना, प्रधान, पौडेल र क्याम्पसलाई १२ थान सीसी क्यामेरा उपलब्ध गराउने पूर्व स्ववियु सभापति जय श्रेष्ठ नेतृत्वको टिमलाई सुनकोशी क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले सम्मान ब्यक्त गर्नु भएको थियो ।
नेपाल बिद्यार्थी संघ सुनकोशी क्याम्पस इकाई समितिका सभापति रबिन बिकले नेबिसंघ रचनात्मक, सिर्जनशील कार्य गर्दै बिद्यार्थीको हकहितमा र शैक्षिक बिकासमा लागिरहेको बताउनु भयो । उक्त कार्यक्रममा खेलकुद सप्ताहमा बिजयी बिद्यार्थीहरुलाई पुरस्कार र सम्मान गरिएको थियो ।