काँग्रेस नेता सुवासबाट बिरामीलाई सहयोग

रातोपाटीन्युज, सिन्धुपाल्चोक । नेपाली काँग्रेसका युवा नेता सुवास तिमल्सिनाले उपचार खर्च अभाव भई अस्पतालबाट घर फर्केका जटिल खुट्टाका बिरामी धन बहादुर भुजेललाई नगद सहयोग गर्नु भएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको निर्देशनमा बलेफी गाउँपालिका–७ साउनेफाँटका जटिल खुट्टाका बिरामी धन बहादुर भुजेललाई बरिष्ठ समाजसेवी सुवास तिमल्सिनाले नगद सहयोग गर्नु भएको छ ।
‘पहिला जनता बचाऔं अनि पछि राजनीति गरौंला’ भन्ने केन्द्रीय सदस्य बस्नेतको अभियानलाई मूर्तरुप दिन तिमल्सिनाले ब्यक्तिगत रुपमा बिरामी धनबहादुरलाई नगद तीस हजार सहयोग गर्नु भएको छ । लाखौं रुपियाँ उपचार खर्च लाग्ने भएपछि बिरामी धन बहादुर उपचार गर्न नसकेपछि बीर अस्पतालबाट घर फर्कनु भएको थियो । धन बहादुरका परिवार अति गरीबी भएका कारण उनको उपचार गर्न नसकेर घर फिर्ता ल्याइएको छ ।

नेपाली काँग्रेस बलेफी गाउँपालिका–८ का सभापति समेत रहेका समाजसेवी तिमल्सिनाले धन बहादुरको थप उपचारका लागि निजि खर्च र अभियान चलाएर उपचारमा सहयोग गर्ने जानकारी दिनु भएको छ । धन बहादुरको उपचारका लागि के कति खर्च लाग्छ, उक्त रकम उपलब्ध गराउने पनि तिमल्सिनाले बताउनु भयो ।

काँग्रेसका बागमती प्रदेश प्रतिनिधि तथा बरिष्ठ समाजसेवी उमेश प्रधान, समाजसेवी तथा काँग्रेस युवा नेता रमेशकुमार श्रेष्ठ लगायतका काँग्रेस नेता कार्यकर्ताहरु बिरामी भुजेलको घरमा पुगेर सहयोग र साथ दिने बताएका छन् । उनीहरु सबैले भुजेलको उपचारमा लाग्ने बताउका छन् ।

यस अघि पनि तिमल्सिनाले सिन्धुपाल्चोकका दर्जनौ बिरामीलाई उपचारमा सहयोग गरिसक्नु भएको छ । बिरामीलाई अस्पताल र घर ल्याउन लैजान एम्बुलेन्स र गाडीको निशुल्क सेवा दिदैं आउनु भएको छ । तिमल्सिना र उमेश प्रधानले बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच लाखमा ब्लड स्ट्रोरेज स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ ।

कोभिडको पहिलो, दोश्रो चरणमा बलेफी गापा–८ का सबै घरमा खाद्यन्न सहयोग पुर्‍याउनु भएको छ । बलेफी गापा, टेकानपुर, कापिङ लगायतका स्थानमा कोभिड प्रतिरोधी स्वास्थ्य सामाग्री घर-घर पुर्‍याउनु भएको छ । बलेफी गापा–८ मा निजी खर्च लाखौं रकममा सडक ग्राभेल र स्त्तरोन्नति गर्नु भएको छ ।

समाजसेवी तिमल्सिनाले बलेफी गाउँपालिका–४ लामढुङगे गाउँस्थित सेतीदेवी मन्दिर निमार्णका लागि ५० हजार बराबरको बालुवा, रड, रङ, बत्ती, रेलिङ पाइप लगायत अन्य सहयोग गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button