कांग्रेसको चियापानमा नेकपाका कार्यकर्ता प्रवेश

रातोपाटी न्युज, बाहबिसे / बिजया दशमीको अवसरमा नेपाली कांग्रेस बाह्बिसे नगरपालिका इकाई समितिले शनिबार बाह्बिसेमा गरेको शुभकामना कार्यक्रममा सय बढी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दिपावलीको अवसरमा नेपाली कांग्रेस बाह्बिसे नगरपालिका इकाई समितिले कोभिड १९ को उच्च सर्तकर्ता अफ्नाएर सामाजिक दुरीका साथ शुभकामना आदान प्रदान गरेको थियो ।
नेपाली कांग्रेस बाह्बिसे नगरपालिका इकाई समितिका संयोजक रेशम तामाङले वडा दशैं, दिपावलीले सम्पूर्ण कांग्रेसीजन र सबै नेपालीको जीवनमा सुख, शान्ति, स्वास्थ, दिर्घायु, प्रगतिको कामना गर्न चियापान र शुभकामना आदान प्रदान कार्यक्रम गरेको जानकारी दिनु भएको छ ।
चियापान कार्यक्रममा सय बढी नेकपाका कार्यकर्तालाई कांग्रेसमा भित्राएको पनि बताउनु भएको छ । नेकपा, राप्रपाबाट कांग्रेसमा भित्रिएकाहरुले नेकपा पार्टी जनता र मुलुकप्रति संबेदनशील नभएकाले कांग्रेसमा प्रवेश गरेको पनि नगर संयोजक तामाङले उदघोष गर्नु भएको छ ।
नेकपाको स्थानीय देखि केन्द्रीय सरकारले हामी जस्ता निमुखा र गाँउका नागरिकलाई वास्ता नै नगरेको नवप्रवेशी बिष्णु रुम्बाले दुखसो पोख्नु भयो । बाह्बिसे नगरपालिका ३ वालुवाखानीका रुम्बाले बाह्बिसे नगरपालिकाले जनताको काम नगरेर पूर्व एमाले र पूर्व माओबादीको हितमा मात्रै काम गरेको आरोप लगाउनु भयो ।
सो कार्यक्रममा बाह्बिसे नगरपालिकाका ठूलो संख्याका नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेपछि बाह्बिसे नगरका नेकपा पार्टीमा ठूलो क्षति भएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्नु हुदैं नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले नेकपा सरकार देश र जनताको नजरबाट गिरिसकेको बताउनु भयो ।
कोभिड १९ बाट सरकारले जनतालाई जोगाउन नसकेको, स्वास्थ सामाग्री लगायत बिकास निमार्णमा ब्यापक भष्ट्रचार, अनिमियतता गरेको, स्थानीय देखि केन्द्रसम्म एकलौटी ढंगले मनपरी काम गरेकोले सरकार जनताप्रति संबेदनशील नभएको पूर्व सूचना तथा संचारमंत्री समेत भईसकेका बस्नेतले आरोप लगाउनु भयो ।
कांग्रेसका १ नम्बर क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बाह्बिसे नगरपालिकाले नेकपाको मात्रै काम गरेको बताउनु भएको छ । सो नगरपालिका र मेयर निमफुञ्जो शेर्पाले छानीछानी नेकपालाई मात्रै हित हुने कार्य गरेको सभापति बस्नेतले बताउनु भएको छ । मेयर शेर्पाले गलत आचारण र कार्य नसच्याएप्रति कांग्रेसले आन्दोलनको आँधीबेरी ल्याउने चेतावानी दिनु भएको छ ।
सो कार्यक्रममा नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि हरिशरण श्रेष्ठ, प्रेमध्वज लामा, नगर संयोजक रेशम तामाङ लगायतले मन्तब्य राख्नु र्भको थियो । सयौं कांग्रेसीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।