कांग्रेसको चियापान यस वर्ष नहुने

काठमाडौं । नेपाली कांग्रेसले २०३४ सालदेखि गर्दै आएको चियापान यसवर्ष नहुने भएको छ ।
कोरोना भाइरस महामारीका कारण पार्टीहरुबीच आपसी सदभाव र मेलमिलाप बढाउनका लागि आयोजना हुँदै आएको कांग्रेसको चियापन नहुने भएको हो ।
२०३३ सालमा कांग्रेसका संस्थापक नेता तथा पूर्वसभापति बिपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए।
कोइरालाले २०३४ सालदेखि कोजाग्रत पुर्णिमाका दिनमा चियापान कार्यक्रमको सुरुवात गरेका थिए। त्यसयता कोजाग्रत पुर्णिमाका दिन हरेक वर्ष चियापान निरन्तर हुँदै आएको थियो।
पर्वहरुको अवसरमा हार्दिकता साटासाट गर्न कांग्रेसले गर्दै आएको चियापान यस वर्ष कोरोनाका कारणले नहुने भएको हो।
पूर्व सभापतिहरुको निधन भएको वर्षमा शोकका कारण चियापान रोकिए पनि अन्य वर्षमा रोकिएको थिएन। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने,‘यसवर्ष कोरोनाले चियापान आयोजना गर्ने अवस्था छैन।
विगतमा पूर्व सभापतिहरुको निधन भएको वर्षमा शोकका कारण हुन नसकेको थियो। अन्य कारणले रोकिएको पहिलोपटक हो।’