कांग्रेसको महामन्त्रीमा थापा र शर्मा विजयी

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्री विजयी भएका छन् ।

कुल ४६८२ मतमा गगन ३०२३ मत ल्याएका छन् भने विश्वप्रकाशले २२४६ मत पाएका छन्। तेस्रो स्थानमा प्रकाशशरण महत रहेका छन् । उनले अहिलेसम्म १५५० ल्याएका छन् । त्यस्तै अर्को प्रत्यासी प्रदिप पौडेलले १४०९ मत लइाएका छन् । भने मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत ल्याएका छन् ।

थापाले अहिलेसम्म ल्याएको मत कांग्रेसको महाधिवेशनको सबैभन्दा बढी अर्थात् लोकप्रिय मत हो । उनले सभापति शेरबहादुर देउवालेभन्दा बढी मत भएका छन् ।

महाधिवेशनमा कुल मत ४६७९ खसेको छ । उनीहरु विजयी भएको घोषणा गर्न भने बाँकी छ । सबै मतपरिणाम आएपछि निर्वाचन आयोगले उनीहरुलाई विजयी घोषणा गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button