कांग्रेसले बोलायो साउन २८ गतेलाई केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार साउन २८ गते दिउँसो २ बजे पार्टी मुख्यालय सानेपामा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यातालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने उनले बताए । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button