कांग्रेस केन्द्रीय निर्वाचन समितिले खटाए ३८ वटै जिल्लामा मतदान अधिकृत (सूचीसहित)

केन्द्रीय निर्वाचन समितिले आगामी भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशन समेतको निर्वाचन गर्न ३८ जिल्लामा प्रतिनिधि खटाएको हो ।
मतदान अधिकृतहरु शुक्रबार नै जिल्ला जाने केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले बताए । मतदान अधिकृतलाई पार्टी विधान, निर्वाचन निर्देशिका, मतदाता सूची र प्रमाणपत्रसहित खटाइएको समिति संयोजक यादवको भनाई छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले भने क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग राख्दै सानेपामा धर्ना दिँदै आइरहेका छन् । बाँकी ३९ जिल्लाको सदस्यता पनि आइतबारसम्म सार्वजनिक गरिने कांग्रेसको तयारी छ ।
प्रदेश एक, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केहि जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको हो । प्रदेश दुईका कुनै पनि जिल्लाको सदस्यता सार्वजनिक गरिएको छैन ।
क्रियाशील सदस्यता सार्वजनिक गरिएको जिल्लामा प्रदेश १ अन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर र झापा रहेका छन् ।
त्यस्तै बागमती प्रदेशअन्तर्गत दोलखा, रामेछाप, सिन्धुली र भक्तपुरको सदस्यता सूची बुझाइएको छ भने गण्डकी प्रदेशमा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याञ्जा, म्याग्दी र नवलपुरको सदस्यता सार्वजनिक गरिएको छ ।
कांग्रेसले लुम्बिनी प्रदेशमा नवलपरासी, रुपन्देही, पाल्पा, रुकुम पूर्वी र रोल्पाको क्रियाशील सदस्यता सावजनिक गरिएको छ भने कर्णाली प्रदेशका रुकुम पश्चिम, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशमा बझाङ, डोटी, दार्चुला, बैतडी र कञ्चनपुरको क्रियाशील सदस्यता सार्वजनिक गरिएको जनाएको छ ।
सूची:

