कांग्रेस नेता पौडेलले आफूनिकट जिल्ला सभापतिहरूको सुझाव लिँदै

काठमाडौँ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूनिकट जिल्ला सभापतिहरूलाई छलफलका लागि बोलाएका छन् ।

स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिन नेता पौडेलले जिल्ला सभापतिहरूलाई बोलाएका हुन् ।

दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा गठबन्धन गरेर जाने कि नगरी जाने भन्ने बारेमा आफ्नो धारणा राख्ने तयारी गरेका पौडेलले त्यसअघि आफूनिकटकाे राय लिन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button