कांग्रेस बैतडी सभापतिमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द विजयी

बैतडी । नेपाली काँग्रेस बैतडी जिल्ला कार्य समितिको सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् । चन्दले अर्का प्रत्यासी शिवराज भट्टलाई पराजित गर्दै भारीमतले विजयी भएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष समेत रहेका चतुरबहादुर चन्द नेपाली कांग्रेस पार्टीबाट राजनीति गर्दै आएका छ्न। पछिल्लो समय उनी कांग्रेसको जिल्ला अधिवेशनका लागि बैतडीमा छ्न । कांग्रेसको जिल्ला उपसभापति रहेका चन्द यसपटक अध्यक्षका प्रत्यासी थिए। जसमा उनी सफल भएका छन्।

मंगलबार भएको अधिवेसनमा उनी अध्यक्षमा निर्वाचित भए। सभापतिमा चन्दले ८०९ मत ल्याएर जितेका हुन्। निकटतम् प्रतिद्वन्दी शिवराज भट्टले ४८९ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले बताए। चतुरबहादुर चन्द नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष हुन दुई वर्षअघि भएको क्यानको सधारणसभामा विनयराज पाण्डेलाई पछि पारेर चन्द अध्यक्षमा निर्वाचित भएका थिए।

बैतडी कांग्रेस उपसभापतिमा वीरबहादुर विष्ट ६५८ मत प्राप्त गरी विजयी भए भने उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामी ६२४ मतसहित विजयी भएका छन्। चन्द सभापतिमा निर्वाचित भएपछि क्रिकेट पदाधिकारीले उनलाई बधाइ दिएका छन्। यस्तै सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्द ६४० तथा देवराज जोशी ६३३ मत प्राप्त गरी विजयी भए।

सहसचिवमा पनि चन्द प्यानलकै दीपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएका छन्। एक उपसभापतिबाहेक सबै पदाधिकारीमा चन्द प्यानलकै उमेदवार विजयी भएका छन्। जिल्लामा एक हजार ४०२ प्रतिनिधि रहेकामा एक हजार ३४८ मत खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button