कांग्रेस सिध्याउन खोज्नेहरू आफैँ सकिन्छन् : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पछिल्लो समय प्रजातन्त्रमाथि निरन्तर आक्रमण भइरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेस बिना प्रजातन्त्र नरहने जिकिर गरे । भने, ‘कांग्रेस बिना प्रजातन्त्र रहँदैन्, भन्ने कुरा सबैलाई थाहा छ, र नेपालमा अहिले विभिन्न तरिकाबाट प्रजातन्त्रमाथि आक्रामक शैलीमा गतिविधिहरू प्रस्तुत भइरहेको बेला सबै व्यक्तिहरू एक ढिका भएर कांग्रेस पार्टी र प्रजातन्त्रलाई बलियो बनाउनु पर्छ ।’
बस्नेतले कांग्रेसलाई कमजोर बनाउन खोज्नेहरू आफै समाप्त भएर जाने तर्क गरे । भने, ‘कांग्रेस भित्र भएकाले पनि कसैले कमजोर बनाउन सक्दैन र कांग्रेस बाहिर रहेकाले पनि सिध्याउन सक्दैनन् जो-जो कांग्रेस विरोधी बनेर आउँछन् । हिजो पनि सिद्धिएका छन् । आज पनि सकिन्छन् ।’