काठमाडौंका विद्यार्थीलाई आजदेखि फाइजरको दोस्रो डोज

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्रका विद्यार्थीहरुले कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज आजदेखि लगाउन पाउने भएका छन् ।
पहिलो डोज लगाएको तीन हप्ता पुगेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीले आजदेखि फागुन ५ गतेसम्म फाइजरको दोस्रो डोज लगाउन पाउने भएका हुन् ।
काठमाडौं महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार ३२ वटै वडामा रहेका तोकिएका विद्यालयका खोप केन्द्रहरुमा खोप अभियान सञ्चालन हुनेछ ।
शनिबारबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन पाइनेछ ।