काठमाडौंका सांसदले गराए सभामुखको ध्यानाकर्षण  

कोभिडको अवस्था र प्रभावलाई अनुगमन गर्ने गरि संसदीय समिति गठन गर्न माग

काठमाडौं । काठमाडौंका सांसदहरूले कोरोना रोकथाम र सचेतनाका लागि सभामुख अग्‍निप्रसाद सापकोटाको सामूहिक रूपमा ध्यानाकर्षण गराएका छन् ।

सांसदहरूको टोलीले सभामुख सापकोटालाई भेटेरै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

सांसदहरूले बुझाएको लिखित पत्रमा कोभिडको अवस्था र प्रभावलाई अनुगमन गर्ने गरि सरकारलाई रायसुझाव दिनका लागि संसदीय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराइएको छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्डलगायत कोभिड १९ नियन्त्रणको व्यवस्था गर्न ०७७-७८ को बजेटबाट व्यवस्था गर्न पनि माग गरिएको छ । ध्यानाकर्षण पत्रमा २० सांसदको नाम उल्लेख छ ।

भदो ११ गते तयार गरिएको ध्यानाकर्षण पत्र शुक्रबार बुझाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button