काठमाडौंमा अत्यावश्यकबाहेक फाट्ट फुट्ट सवारी सञ्चालन

काठमाडाैं । नेकपा प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्तालका कारण आज सडकमा फाट्ट फुट्ट मात्रै सवारी सञ्चालन भएका छन् ।

काठमाडौं उपत्यकामा दूध, तरकारीलगायतका अत्यावश्यक सेवाका गाडी र निजी गाडी फाट्ट फुट चलिरहेका छन् ।

सार्वजनिक गाडीको संख्या कम भए पनि बिहान मुख्य नाका नागढुंगा भएर आउने केही रात्री बस काठमाडौं भित्रिएको प्रहरीले जनाएको छ।

सडक र गाडीमा केही अवरोध हुन सक्ने आशंकामा बिहानदेखि चोक-चोकमा बाक्लो संख्यामा प्रहरी खटिएका छन्।

यसैबिच सरकारले आज पूर्ववत् रुपमै सार्वजनिक बसलगायत आ-आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ।

सरकारले सुरक्षाका दिने भन्दै आफ्नो नियमित काम नरोक्न गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै आग्रह गरेको हो।

यस्तै, प्रहरीले कहीँकतै केही समस्या भए प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button