काठमाडौंमा कोरोनाले थप तीन जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टाका काठमाडौं उपत्यका कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ।
उपत्यकाको ललितपुरका विभिन्न अस्पतालमा उपचाररत ३ जना संक्रमितको मृत्यु भएको हो।
पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो। जसमध्ये दुई जना भक्तपुरका र एक जना काठमाडौका रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
ललितपुरको मेघा अस्पतालमा उपचाररत भक्तपुर निवासी ३८ वर्षीय पुरुषको आज बिहान ७ः४० बजे मृत्यु भएको छ । उनी भदौ २६ गते मात्रै अस्पतालमा भर्ना भएका थिए।
त्यस्तै पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीय पुरुषको शनिवार बिहान मृत्यु भएको छ । यही भदौ १९ गतेदेखि अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
त्यस्तै ललितपुरकै पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको गएराति ९ः४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। ७२ वर्षीय पुरुषको यही भदौ १७ गतेदेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो।