काठमाडौं उपत्यकामा ४३८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ४३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा २६४ पुरुष र १७४ महिलामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४३५३, भक्तपुरमा ३३३ र ललितपुरमा ७०७ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ७११७ वटा नमूनाको पीसीआर परीक्षण गरिएकोमा ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ ।

हालसम्म १८ लाख ४३ हजार ५८१ नमूनाको पीसीआर परीक्षण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ९ हजार ८८१ रहेको छ ।

यस्तै, सोही अवधिमा १९९६ जना संक्रमित निको भएका छन्। जम्मा संक्रमितमध्ये हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ४५७ जना रहेका छन् । यस्तै, सोही अवधिमा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button