काठमाडौं जिल्ला प्रशासनले यी हुन् स्थगित र सुचारु राखेका सेवाहरु, सवारी पास दिइने

काठमाडौं- काठमाडौं जिल्ला प्रशासनले आइतबारदेखि लागू हुने गरी १५ दिनका लागि केही सेवाहरु स्थगित गरेको छ।
काठमाडौं जिल्ला प्रशासनका अनुसार नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, हातहतियार दर्ता/नवीकरण, संस्था दर्ता/पत्रपत्रिका दर्तासाथै नवीकरण सम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचय पत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवाहरु स्थगित गरिएको छ।
यसैगरी शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्धा सम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास सम्बन्धी कार्य र विपद् व्यवस्थापन सम्बन्धी कार्य भने कायमै रहने प्रशासनले जनाएको छ।