काठमाडौं महानगरमा मात्रै १६०० भन्दा बढी संक्रमित, उपत्यकामा ३४८६ जनामा कोरोना

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्दै गएको छ।

सोमबारमात्रै उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको छ। यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४८६ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यसैगरी ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। साथै उपत्यकामा तीनजनाको मृत्यु भएको छ।

काठमाडौंमा सबैभन्दा बढी २ हजार ७५६ संक्रमित रहेका छन्।

ललितपुरमा ४४४ जना संक्रमित छन् भने भक्तपुरमा २८६ जना संक्रमित रहेका छन्।

काठमाडौं महागरपालिकामा मात्रै १ हजार ६ सय भन्दा बढी संक्रमित रहेको नगरपालिकाले जनाएको छ।

काठमाडौंमा नै टोखा र बुढानिलकण्ठ नगरपालिकामा १०० भन्दा बढी संक्रमित रहेका छन्। अन्य नगरपालिकामा समेत संक्रमितको संख्य बढ्दै गएको छ।

ललितपुर महानगरमा १८५ जनाभन्दा बढीमा संक्रमित छन् भने भक्तपुर नगरपालिकामा ३० भन्दा बढी संक्रमित छन्।

उपत्यका नगर फोरमका अनुसार भक्तपुरमा सबैभन्दा बढी संक्रमित मध्यपुर थिमी नगरपालिकामा रहेको छ। त्यहाँ १०० भन्दा बढी संक्रमित छन्।

संक्रमितको संख्या बढेसँगै उपत्यकामा निषेधाज्ञा अझै केही समय थपिन सक्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button