कात्तिक १८ बाट लोकसेवा आयोगका परीक्षा

काठमाडौं । लोकसेवा आयोगले रोकिएका परीक्षाहरु कात्तिकबाट लिने तयारी गरेको छ।

शुक्रबार एक सूचना निकालेर आयोगले शाखा अधिकृत र नायब सुब्बा वा सो सरहका पदको परीक्षा तालिका निकालेको हो।

परीक्षा कात्तिक १८ देखि सुरू हुनेछन्।

‘कोरोना महामारीका कारण स्थगित परीक्षा आयोगको असोज ८ को निर्णयबाट सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी देहायअनुसार नयाँ परीक्षा कार्यक्रम तोकिएको सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको छ,’ आयोगले आफ्नो सूचनामा भनेको छ।

कोरोना भाइरसका कारण लकडाउन जारी गरिएपछि परीक्षाहरु स्थगित गरिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button