काभ्रेमा ९८ वर्षीय वृद्धको कोरोनाले मृत्यु

काभ्रे । कोरोना भाइरस संक्रमणबाट काभ्रेमा ९८ वर्षीय वृद्धको मृत्यु भएको छ ।

साउन २७ गते कोरोना संक्रमण पुष्टि भएका धुलिखेल ७ का उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको काभ्रेकाप्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।

योसँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।

यसअघि साउन २६ गते पाँचखाल १ की ५० वर्षीया महिलाकोललितपुरस्थित किस्ट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

हालसम्म जिल्लामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button