कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । ललितपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
कारको ठक्करबाट मोटरसाइकलका चालक सिरहा घर भइ ललितपुरको थकसीखेल बस्ने २८ वर्षीय इलु घलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ललितपुरको नख्खुमा बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।