कारागारमा रहेका विप्लव म्याग्दीका जनसरकार प्रमुखको मृत्यु

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका जिल्ला जनसरकार प्रमुख गजेन्द्र पुन ‘जगत’को मृत्यु भएको छ।

५८ वर्षीय जगतको सोमबार पोखरा विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको हो।

पुनको परिवारले समयमै उपचारका लागि प्रहरी प्रशासनले अस्पताल नपुर्याउँदा उनको मृत्यु भएको जनाएको छ।

थुनुवामा रहेका उनको उपचारमा प्रहरी प्रशासनले वेवास्ता गरेको भन्दै यसअघि उनको परिवारले सम्बन्धित विभिन्न निकायमा पनि उजुरी दिएको छ।

उजुरीमा पटकपटक धरौटी बुझाउँदा पनि अदालतको आदेशलाई लत्याउँदै प्रहरीले पक्राउ गर्ने गरिएको उल्लेख छ।

अदालतले निर्दोष भन्दै छाड्न आदेश दिँदा समेत बिना अपराध आस्था कैं भरमा उनलाई पटक–पटक प्रहरीले माथिको आदेश भन्दै पक्राउ गर्दै आएको परिवारले जनाएको छ।

कारागारमा उनी उच्च रक्तचापका कारण एक्कासी बेहोस भएर ढलेका थिए।

समयमै अस्पतालमा लगेरको भए उनलाइ बचाउन सकिने उस्पताल श्रोतलाइ उद्दित गर्दै उनका भाइ यमबहादुर पुनले बताए।

थुनुवामा रहेका बन्दीको प्रशासनको बेवास्ताका कारण उपचार नपाएर मृत्यु हुन पुगेको परिवारजनको आरोप छ।

म्याग्दीको मालिका गाविस वडा नं. ९ हाल मालिका गाउँपालिका वडा नं. ३ अरिवाराका स्थायी वासिन्दा पुनलाई प्रहरीले घरबाटै पक्राउ गरेको थियो।

पुन माओवादीले सञ्चालन गरेको १० बर्षे जनयुद्धमा सक्रिय सहभागीता जनाएका थिए।

त्यसक्रममा उनलाई सेनाले बषौंसम्म वेपत्ता बनाएको थियो।

उनी नेकपा माओवादी, वैद्यहुँदै विप्लव नेतृत्वको नेकपामा आवद्ध भएर काम गर्दै आईरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button