कुनै पनि उद्योगमा लोडसेडिङ छैन: कुलमान

काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नरहेको दाबी गरेको छ।

बुधबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङको समस्या नरहेको प्रष्ट पारे।

केही दिनअघि विद्युत्को व्यवस्थापनमा असहज अवस्था आउँदा एकरदुई दिन थोरै समय लाइन काटिने अवस्था आएको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको उनको भनाइ छ।

‘अहिले कुनै उद्योगलाई लोडसेडिङ छैन,अपर्झट आएको समस्या हो, त्यो एकरदुई दिनमा समाधान भयो,’ उनले भने। विद्युत्को खपत बढाउन उद्योगको थप ६०० मेगावाट डिमान्ड स्वीकृति गरिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button