कुन देशहरुलाई कोरोना भाइरसले छोएको छैन ? (सुची सहित)

सन् २०१९ को अन्त्यतिर चीनमा देखिएको कोरोना भाइरसले विश्वका १८५ भन्दा बढी देशहरुलाई आफ्नो चपेटामा पारिसकेको छ । करीब चार महिनाको अन्तरालमा झन्डै १८५ देशहरुलाई आफ्नो चपेटामा लिएपनि केहि देशहरुलाई अझैं पनि कोरोना भाइरसले छुन सकेको छैन।

एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले विश्वभरका वैज्ञानिक, स्वास्थ्यकर्मी, सरकार, विश्व स्वास्थ्य संगठनले मानिसहरुलाई सामाजिक दुरी कायम गर्न आग्रह गरिरहेका छन भने विश्वका करिब डेढ सय मुलुकहरु लकडाउनको अवस्थामा छन ।

जोहन होप्किंस विश्वबिद्यालयको तथ्यांकअनुसार अप्रिल १३ अर्थात बैशाख १ २०७७ सालसम्म विश्वभर कोरोना भाइरसका कारण एक लाख १३ हजार ३२९ जनाले ज्यान गुमाएका छन् भने १८ लाख ३८ हजार २९७ जना कोरोना भाइरसबाट संक्रमित छन् । त्यस्तै कोरोना लागेर पनि ४ लाख ३७ हजार निको भएका छन् । कोरोनाका कारण मृत्यु हुनेमा अमेरिका अगाडी आइपुगेको छ । अहिलेसम्म अमेरिकामा २१ हजारले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

विश्वभर माहामारीको रुप लिएको कोरोनाका कारण हजारौंले ज्यान गुमाएका छन् भने लाखौं कोरोना भाइरसबाट संक्रमित छन् । यद्दपी आजका दिनमा पनि करिब डेढ दर्जन मुलुकहरुमा कोरोना भाइरस देखिएको छैन ।

यी हुन् कोरोनाले नछोएका देशहरु

कोमोरोस
किरिबती
लेसोथो
मार्शल आइसल्याण्ड
नउरु
उत्तर कोरिया
पलाउ
सामोआ
साओ तोमी एण्ड प्रिन्सिपी
सोलोमोन आइसल्याण्ड
दक्षिण सुडान
तार्जिकिस्तान
टोंगा
तुर्किमिनिस्तान
तुभलु
भनुअतु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button