कुलमानको बिषयमा निर्णय भएन, राष्ट्रियसभा सदस्यमा वामदेवको नाम सिफारिस

काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले वामदेव गौतमलाई माथिल्लो सदनको सदस्यमा मनोनयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

कार्यकाल सकिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे भने आज कुनै निर्णय भएन।

उर्जा मन्त्रालयबाट बैठकमा प्रस्ताव नआएपछि कुनै छलफल नभएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button