कुवेतबाट भदौ ६ मा तीनवटा उडान हुँदै

काठमाडौं । कोरोना महामारीका कारण कुवेतमा समस्यामा परेका एवं रोजगारीको करार समाप्त भएपछि पनि अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण स्वदेश फर्किन नपाइरहेका नेपालीहरुको लागि थप उद्धार उडान हुने भएको छ ।

कुवेतमा रहेको नेपाली दूतावासले आज एक विज्ञप्ती जारी गर्दै भदौ ६ गते थप तिन उडान हुन लागेको जनाएको छ । उक्त दिन नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, जजिरा एयरवेजले एक एक उडान गर्दै छन् ।

वैदेशिक रोजगारीबाट बुधवार सम्म ३२१ वटा चार्टर्ड उडानमार्फत ३० देशबाट ५० हजार १०७ नेपाली स्वदेश आइपुगेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button