कृष्ण रेउले भन्दैछन्, ‘आमा बाँचे भने आउँला’ (भिडियोसहित)

काठमाडौं । गायक कृष्ण रेउलेको आवाजमा रहेको दशैँ तिहार गीत ‘बाँचे भने आउँला’ सार्वजनिक भएको छ । गायक रेउलेकै शब्द–संगीत रहेको उक्त गीतमा परदेशीको पीडालाई समेटिएको छ ।

भिडियोमा निकै मार्मिक र यथार्थपरक भोगाइहरुलाई समेटिएको छ । गीतमा देशप्रेमसमेत देखाइएको छ । भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका हुन् ।

भिडियोमा निर्देशक दवेन्द्रसँगै हिउँवाला गौतम र एलिना ठकुरीको अभिनय देख्न सकिन्छ । अनिलकृष्ण मानन्धरको छायांकन रहेको यस गीतको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नै अफिसियल युट्युव च्यानलमार्फत प्रकाशनमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button