केपी ओली संघीयता र गणतन्त्र विरोधि हुन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली संघीयता र गणतन्त्र विरोधि भएको आरोप लगाएका छन् ।
नेकपा माओवादी केन्द्रको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पटक संसद् विघटन गर्ने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संविधानसँगै गणतान्त्रिक व्यवस्था उल्ट्याउने गणतन्त्र विरोधि भएको बताएका हुन् ।
उनले प्रतिनिधिसभा विघटन गरेर संविधानसँगै गणतन्त्र, संघीयता, समावेशिता र समानुपातिक व्यवस्था नै उल्ट्याउने खालको केपी ओलीले षड्यन्त्र गरेको बताए । अध्यक्ष प्रचण्डले ओली देशभित्र र बाहिरका शक्तिसँग मिलेर षड्यन्त्रमा लागेको आरोप लगाए ।