कैलालीका एसपी जबरा कोरोनामुक्त

कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा कारोना संक्रमणमुक्त भएका छन् ।

एसपी जबराले कोरोना जितेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले काठमाडौँमा उपचाररत एसपी जबराको रिर्पोट नेगेटिभ आएसँगै संक्रमणमुक्त भएको जानकारी दिए ।

उनका अनुसार ४ दिन अघि गरिएको परीक्षणमा जबराको रिर्पोट नेगेटिभ आएको हो । काठमाडौँको प्रहरी अस्पतालमा उपचाररत जबरा रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज भएका छन् ।

उनी अहिले घर फर्किसकेका छन् । केही दिनको आरामपछि मात्र नियमित काममा फर्किने प्रहरीले जनाएको छ ।

गत असोज २० गते कोरोना संक्रमण देखिएका जबराको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौँ लगिएको थियो ।

कैलालीमा अहिले प्रहरी प्रमुखको रुपमा काजमा प्रहरी उपरिक्षक दिलिपसिह देउवालाई खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button