‘कोभिडमा भ्रष्टाचार भएको छैन, हिसाब आउँछ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को नियन्त्रण, न्यूनीकरणमा भ्रष्टाचार नभएको बताएका छन् ।

प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो आपतको घडीमा भ्रष्टाचार नहुने, भ्रष्टाचार हुन नदिने प्रष्ट पारेका छन् ।
उनले अहिले जनप्रतिनिधि, स्थानीय तह, संघ सबै काममा केन्द्रित भएकाले अहिले नै पारदर्शी हिसाब देखाउन नसके पनि महालेखा परीक्षकको प्रतिवेदन लगायत प्रक्रियामार्फत हिसाब देखाइने पनि बताए ।

महामारीका बेलामा गरिएको खर्च सबै पारदर्शी हुने र कहीँकतै भ्रष्टाचार भयो भनेर आशंकित नहुने पनि आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button