कोरोनाको ओम्रिकोन भेरियन्टले विश्वव्यापी रुपमा उच्च जोखिम निम्त्याउने डब्लूएचओको चेतावनी

कोरोना भाइरसको नयाँ ‘ओम्रिकोन’ भेरियन्टले विश्वभर उच्च जोखिम निम्त्याउनसक्ने विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ।

केही क्षेत्रमा त यो भेरियन्टले गम्भीर अवस्था निम्त्याउनसक्ने सोमबार डब्लूएचओले चेतावनी दिएको हो।

‘ओमिक्रोनसँग अभूतपूर्व संख्यामा उत्परिवर्तनहरू छन्, जसमध्ये केहीले महामारीको रुप लिन सक्छन्’ डब्लूएचओले भनेको छ,‘नयाँ भेरियन्टले विश्वभर उच्च जोखिम निम्त्याउनसक्छ।’

हालै दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको यो ओम्रिकन भेरियन्टबाट हालसम्म मृत्यु भएको खबर छैन। वैज्ञानिकहरुले यो भेरियन्टलाई कोरोनाको हालसम्म बनेका खोपले काम गर्न नसक्ने पनि बताइरहेका छन्।

यो ज्यादै संक्रामक र खतरनाक हुनसक्ने वैज्ञानिकको अनुमान छ। दक्षिण अफ्रिकामा यो भेरियन्ट भेटिएकाले विश्वका दर्जनौं राष्ट्रले सो देशमा भ्रमण प्रतिबन्ध लगाएको छ।

४४ राष्ट्रले औपचारिक रुपमा दक्षिण अफ्रिकामा भ्रमण प्रतिबन्ध लगाइसक्दा यही भेरियन्टको त्रासका कारण जापानले विदेशी नागरिकलाई जापानमा प्रवेश निषेध गरेको छ। द गार्जियन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button